
ओज फाउन्डेसनको चौथो स्थापना दिवसको अवसरमा काठमाडौंमा ‘ओज उत्सव २०२५’ को कार्यक्रम सम्पन्न भएको छ।
आध्यात्मिक तथा युवा सशक्तीकरणका रुपमा लिइएको कार्यक्रम साधक तथा ओज फाउन्डेसनका संस्थापक योगी प्रियव्रत अनिमेष आध्यात्मिक सन्देश मार्फत सुरु गरिएको थियो।
युवा चेतना र आध्यात्मको जोडले समाज समृद्ध हुनसक्ने बताउँदै योगी अनिमेषले भने, ‘यदि युवाहरू भित्रबाट जाग्छन् भने समाज, राष्ट्र र विश्व स्वतः जागृत हुन् छ। ओज उत्सवको उद्देश्य केवल आयोजन मात्र होइन, चेतनाको संचार हो।’
यो अवसरमा एक विशेष पुस्तक ‘ऊर्जा सूत्र’ को पनि विमोचन गरिएको थयो। साथै नेपालमा आध्यात्मिक पर्यटनलाई केन्द्रमा राखेर बनाइएका दुई लघु फिल्महरूको प्रदर्शन पनि गरिएको थियो।
ओज उत्सवले भारत र नेपाल दुवै देशका सांस्कृतिक सम्बन्धहरूलाई थप बलियो बनाउने उद्देश्य पनि राखेको छ।
कार्यक्रममा भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष श्याम जाजू, ओलम्पीयन योगेश्वर दत्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंह लगायत सहभागी थिए।
कार्यक्रममा भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष श्याम जाजूले भारत र नेपाल एउटै संस्कृतिका दुई अभिव्यक्ति भएको बताउँदै भने, ‘हामी बीचको सीमा केवल राजनीतिक हो, आत्माले हामी सधैं जोडिएका छौं।’
ओलम्पियन योगेश्वर दत्तले युवाहरूलाई प्रेरित गर्दै भने, ‘जसरी एक खेलाडीलाई साधना गर्नुपर्छ, त्यसैगरी आध्यात्मिक जीवनका लागि पनि अभ्यास र अनुशासनले परिपूर्ण हुनुपर्छ।’
कार्यक्रममा भारत र नेपालका सयौं युवाहरू, समाजसेवीहरू, आध्यात्मिक साधकहरू र मिडिया प्रतिनिधिहरू सहभागि थिए। ‘ओज उत्सव २०२५’ ध्यान, विचार र संगीतको माध्यमबाट सीमाहरू होइन, मनहरू जोडिन्छन् भन्ने स्थापित गरेको बताउँदै योगी अनिमेषले भने, ‘यो कार्यक्रम भारत–नेपाल मैत्रीको इतिहासमा एक सुनौलो अध्याय बनेर उदाउनेछ।’
Disclaimer: This article was originally published in thahakhabar.com website dated 27th July 2025. Page Link – https://thahakhabar.com/news/232458/.
